२०८३ बैशाख १८ गते , शुक्रबार
ट्युवेलमा करेण्ट लागेर एक जनाको मृत्यु
बिर्तामोड । मोरङको रतुवामाई नगरपालिका ९ मा पानी तान्ने ट्युवेलमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व रुकुम घुमे गाउँपालिका ७ का २५ बर्षीय मदन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
हिजो बेलुका ६ बजे रतुवामाई ९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेण्ट लागेर घाईते भएका थिए । उनलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घटनाका सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।