२०८३ बैशाख १८ गते , शुक्रबार

आगामी तीन दिन मौसममा सुधार नहुने

sajilo news
परिवेश मिडिया
२०७८ माघ ७ गते , शुक्रबार
आगामी तीन दिन मौसममा सुधार नहुने

काठमाडौं आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको केही स्थानहरुमा वर्षा हिमपात पनि भइरहेको

मौसमविद शान्ति कँडेलले आगामी सोमबारसम्म बदलीकै अवस्था रहने बताइन् केहीबेर घाम लागेजस्तो गरे पनि फेरि बदली भइहाल्छ, उनले भनिन्

उनका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश प्रदेश का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको उच्च पहाडी हिमाली भेगमा हिमपात पनि भइरहेको यस्तो अवस्था कम्तिमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविदले गरेका छन्

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ट्वीट गर्दै भनेको आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन सजग बनौं, सचेत बनौं

 

 

सम्बन्धित समाचार