२०८३ बैशाख १८ गते , शुक्रबार

ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ ५ गते , बुधबार
ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु

बिर्तामोड झापाको अर्जुनधारा नगरपालिकामा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको

बुधबार दिउँसो अन्दाजी १२ बजे अर्जुनधारा नगरपालिका ओम चोकको भित्री सडकमा चारपानेबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र०२००३ २१०९ नम्बरको ट्रयाक्टरमा सवार अर्जुनधारा बस्ने १४ वर्षीय पुनित दासको ट्रयाक्टरबाट खसेर मृत्यु भएको दासलाई पछाडिको ट्रलीको दाहिने पट्टिको टायरले छातीमा किच्दा घटनास्थलमै मृत्यु भएको हो

उनी ट्रयाक्टरका सहचालक भएको बताइएको ट्रयाक्टरका चालक अर्जुनधारा बस्ने २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

 

सम्बन्धित समाचार