२०८३ बैशाख १८ गते , शुक्रबार

एमसीसीको विरोधगर्दै चितवन बजार बन्द, एकजना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २८ गते , मंगलबार
एमसीसीको विरोधगर्दै चितवन बजार बन्द, एकजना पक्राउ

चितवन चितवनमा अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै आह्वान गरिएको बन्दको असर चितवनका सहरी क्षेत्रमा परेको एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै मंगलबार चितवन बन्दको आह्वान गरेको हो

बन्दका कारण शिक्षण संस्था संचालनमा आउन सकेका छैनन् पसलहरू आंशिक खुलेका छन् बन्दकर्ता सडकमा नरहेका कारण सवारी साधन भने चलेका छन्

बन्द गर्दै हिँडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले बिहानै पक्राउ गरेको पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको

सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आह्वान गरिएको संघर्ष समितिले बताएको

मंगलबारको संसदको बैठकमा एमसिसीको विषयमा पनि निर्णय हुनसक्ने भन्दै त्यसको विरोधमा बन्द घोषणा गरिएको समितिले जनाएको   एमसीसीको विरोधमा संघर्ष समितिले यसअघि चितवनमा हस्ताक्षर अभियान मसाल जुलुसलगायतका कार्यक्रम गरेको थियो 

सम्बन्धित समाचार