झापाको ६ सहित प्रदेश १ मा ३४ जनामा सङ्क्रमण, एक जनाको मृत्यु
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना सङ्क्रमण भएको छ ।
६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ७, लेटाङ, बेलबारी र उर्लाबारीमा १–१, झापाको दमक र बिर्तामोडमा २–२, बुद्धशान्ति र मेचीनगरमा १–१, सुनसरीको दुहबी, वराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।