२०८३ बैशाख १७ गते , विहीबार
एमाले अर्जुनधारा अध्यक्षमा गोम्देन विजयी
बिर्तामोड । नेकपा एमालेको अर्जुनधारा नगरकमिटी अध्यक्षमा बलदेबसिंह गोम्देन विजयी भएका छन । आज भएको निर्वाचनमा लोकनाथ गौतमलाई पराजित गर्दै गोम्देन विजयी भएको नगरप्रमुखका प्रेस संयोजक नन्दु खतिवडाले जानकारी दिए ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि गोम्देन र गौतमबिच प्रतिष्पर्धा भएको थियो । गोम्देन अर्जुनधारा वडा नम्बर १० का वडाध्यक्ष हुन । त्यस्तै उपाध्यक्षमा लोकमान श्रेष्ठ विजयी भएका छन । उनले खगेन्द्र इङ्नामलाई पराजित गरेका हुन । सचिवमा लवकुश गौतम सर्वसम्मत भएका छन । उपसचिवमा कमलादेवी भण्डारीलाई हराउँदै सरिता भण्डारी विजयी भएकि छिन । अर्का उपसचिवमा जनकलाल चम्लागाइ सर्वसम्मत भैसकेका छन ।