२०८३ बैशाख १७ गते , विहीबार
झापाली समाज दक्षिण कोरियाद्वारा बाल आश्रमलाई सहयोग
बिर्तामोड । झापाली समाज दक्षिण कोरियाद्वारा बिर्तामोडस्थित एक बाल आश्रमलाई सहयोग प्रदान गरेकोछ । समाजले बिर्तामोडमा रहेको तारा नमस्ते बालग्रामलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्रदान गरेको हो।
समाजले विहिबार आश्रममा रहेका १७ जना बालबालिकालाई तन्ना, सिरानीको खोल, झुल, खानेतेल, साबुन, सरफ लगायत सामाग्री प्रदान गरेको झापाली समाज दक्षिण कोरियाका महासचिव मुकेश खनालका बुवा शिव खनालले जानकारी दिए । समाजले करिब २२ हजार बराबरको सामाग्री संजिव चापागाईं मार्फत उपलब्ध गराएको थियो । समाजले भविश्यमा आश्रममा आश्रीत विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत बालबालिकाको शैक्षिक विकासमा समेत सहयोग गर्ने जनाएको छ ।