२०८३ बैशाख १७ गते , विहीबार

शुक्रबारदेखि भद्रपुर–गलगलिया नाका खुल्ने

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १४ गते , विहीबार
शुक्रबारदेखि भद्रपुर–गलगलिया नाका खुल्ने

बिर्तामोड । भोलि (शुक्रवार)देखि भद्रपुर गलगलिया सीमा नाका सञ्चालनमा आउने भएको कोरोना महामारीले विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका शुक्रवारदेखि पुनः सञ्चालन गर्न लागेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए असोज गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र नगर्दा नाका सञ्चालनमा ढिलाइ भएको थियो

गृह मन्त्रालयबाट नाका खुलाउने सम्बन्धमा परिपत्र आइसकेको हुँदा काँकडभिट्टा भद्रपुर नाका खुलाउन लागेको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए आजै जिल्ला प्रशासन कार्यालय झापामा डिसीएमसीको बैठक बसेर नाका कसरी सञ्चालन गर्ने विषयमा निर्णय गर्न उनले बताए उनका अनुसार नाकाबाट आवतजावत गर्दा अनिवार्य पीसीआर रिपोर्ट वा खोप कार्ड देखाउनु पर्ने हुन्छ सोही स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार नाका खुलाउन लागेको हो सवारीसाधन सञ्चालन गर्ने विषयमा गृहको परिपत्र अनुसार बैठकबाट निर्णय गरिने उनको भनाई

 

सम्बन्धित समाचार