२०८३ बैशाख १७ गते , विहीबार

सम्भावित ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयर

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन ११ गते , सोमबार
सम्भावित ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयर

काठमाडौं आइतबार बिहान बिराटनगरका लागि उडेको बुद्ध एयरको जहाज सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको ल्याण्डिङ गियर नखुलेका कारण पुनः काठमाण्डौ फर्काइएको जहाज आकाशमा दुई घण्टासम्म फन्को मारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको

आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाजनर्मल ल्याण्डगरेर पार्किङस्थलमा गइसकेको बताए

जहाज सुरक्षित अवतरण भएकाले सम्भावित संकट टरेको सो जहाजमा चालक दलका सदस्यसहित ७७ जना थिए सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ९बायाँबाट दमकल एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए

जहाजले आकाशमा धेरैबेर फन्को लगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ

 

सम्बन्धित समाचार