२०८३ बैशाख २० गते , आईतबार

अस्पतालको छतबाट हामफालेका स्वरुपराज आचार्यको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २६ गते , शनिबार
अस्पतालको छतबाट हामफालेका स्वरुपराज आचार्यको मृत्यु

झापा । त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेर एक युवकको मृत्यु भएको छ ।
सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफाल्दा काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार हामफालेपछि घाइते भएको उनको मनमोहन कार्डियो सेन्टरमा नै उपचार गरिएको थियो । तर शनिबार दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी त्रिवि शिक्षण अस्पताल तथा मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा उनका आफन्तपनि नरहेको प्रहरीले जनाएको छ । उनी एस क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हामफालेको पाइएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार