२०८३ बैशाख २० गते , आईतबार

माछा मार्ने क्रममा डुबेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ११ गते , शुक्रबार
माछा मार्ने क्रममा डुबेर मृत्यु

बिर्तामोड । झापाको गौरीगञ्जमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ४ बस्ने  बर्ष ४० को चुन्दे मुर्मुको मृत्यु भएको हो ।
गौरीगञ्ज गाँउपालिका वडा नम्बर १ स्थित टुनु बस्ति नजिकै रहेको पानी जमेको होलिमा माछा मार्न मुर्मु र अन्दाजी वर्ष ३५ को अक्तर मियाँ शुक्रबार बिहान ११ बजेतिर गएका थिए ।
दिउँसो ३ बजेतिर पानीमा डुबेर मुर्म घाइते भएको प्रहरीले जनाएको छ। उनको शिवगंज नगर अस्पतालमा सामान्य उपचार पश्चात बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा ल्याई उपचार गराइरहेकोमा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार