२०८३ बैशाख २० गते , आईतबार

कीर्तिपुरका मेयर नकर्मीको निधन

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ११ गते , शुक्रबार
कीर्तिपुरका मेयर नकर्मीको निधन

काठमाण्डौ कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए उपमेयर शाक्यले भनिन्, ‘लामो समयदेखि डायलाइसिस गराउँदै आउनु भएको थियो पछिल्लो महिनायता समस्या अलि बल्झिएको हो

श्रद्धाञ्जलीका लागि बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने पनि उपमेयर शाक्यले बताइन्

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए वामपन्थीहरूको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमालेक्लिन स्विप भएको थियो २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० वटा मध्ये वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए वडा नम्बर मा भने स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका थिए

कीर्तिपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष नरेश महर्जनका अनुसार २०४६ सालको जनआन्दोलनमा नकर्मीले सक्रिय भूमिका खेलेका थिए त्यस्तै २०६२/०६३ को दोस्रो जनआन्दोलनमा पनि उनको सक्रिय सहभागिता रहेको कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महर्जनले बताए उनले भने, ‘०४६ ०६२/०६३ को आन्दोलनमा उहाँको सक्रिय भूमिका थियो उहाँकै राजनीतिक कुशल नेतृत्वका कारण कांग्रेसले कीर्तिपुरमा गत स्थानीय चुनावमा मेयरसहित वटा वडामा जित हासिल गरेको हो

२०२० साल असार २० गते जन्मिएका नकर्मी काठमाण्डौ जिल्ला कांग्रेस समितिका उपसभापतिसमेत हुन् नकर्मीमा श्रीमती, छोरी छोरा रहेका छन्

सम्बन्धित समाचार