२०८३ बैशाख २० गते , आईतबार

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ११ गते , शुक्रबार
पहिरोमा पुरिएर तीन जनाको मृत्यु

मन्थली रामेछापको गोकुलगंगा गाउँपालिका- फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको

बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए

राति स्थानीय प्रहरीले पन्छाएर शवहरु बाहिर निकालेका थिए तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पुर्याउन नसकिएको प्रहरी निरीक्षक न्यौपानेले बताए

स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको

यसैबीच अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी १३४ जना भन्दा धेरैको मृत्यु भएको भने १४८ जना घाइते भएका छन्

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कणर्ाली प्रदेशमा जना सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १३४ जनाको मृत्यु भएको

सम्बन्धित समाचार