२०८३ बैशाख २० गते , आईतबार

पूर्व मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ९ गते , बुधबार
पूर्व मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

झापा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद केदार कार्कीमाथि कर्मचारीलाई धम्क्याएको आरोप लागेको कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई पूर्वमुख्यमन्त्री कार्कीले फोनमार्फत कुटपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको आरोप लगाएका छन्

सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टरलाई एक निवेदन दिंदै उनले जीउ धनको रक्षा शान्ति सुरक्षाको माग गरेका छन् भने दोषीमाथि कारवाही गर्न आग्रह गरेका छन्

सोमबार अपरान्ह ४:५३ बजे विरोट गोल्ड कपको विषयलाई लिएर तथानाम गालीगलौज गरेको उनको निवेदनमा उल्लेख मात्रिका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको याद होला, पनि तलाईं मन्त्रालयमा आएर कुट्छु, शौचालयमा थुन्छु भन्दै गालीगलौज गरेको सचिव भट्टराईको दाबी

उनले कल डिटेल्सका आधारमा अनुसन्धान गरी कार्कीलाई कारवाही गर्न माग गरेका छन् भट्टराईले सो निवेदनको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा पनि दिएका छन्

सम्बन्धित समाचार