२०८३ बैशाख २० गते , आईतबार
तस्करी गर्दै गरेको अवस्थामा काठ नियन्त्रण
बिर्तामोड । तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले काठ र गाडी नियन्त्रणमा लिएको छ । शनिबार बिहानको राति ३:३० बजे प्रहरीले कन्काईको टेक्रास्थित माईखोलाबाट काठ र गाडी नियन्त्रणमा लिएको हो ।
माईधारस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र गैरे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त गस्ती टोलीले मे १ च ६२३६ नम्बरको पिकअप भ्यानमा राखेर तस्करी गर्न लागेको अवस्थामा सखुवाको चिरान काठ (फेन्टा) ५२ क्युविक फिट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद काठको मूल्य करिब १ लाख ५६ हजार रहेको प्रहरीले जनाएको छ ।
तस्करीमा संलग्न मानिस भने फरार भएको र बरामद गाडी सहित उक्त काठ आवश्यक कारवाहीको लागी गैडे सामुदायिक वन उपभोक्ता समितिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।