२०८३ बैशाख २० गते , आईतबार
महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त
बिर्तामोड । बरिष्ठ अधिवक्ता रमेश वडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । उनले बिहीबार नै सपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।
शपथ ग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित रहेका थिए ।