२०८३ बैशाख २० गते , आईतबार

चलखेल गरेर यातायात कार्यालय सार्न लागिएको भन्दै अख्तियारमा उजुरी

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ३ गते , विहीबार
चलखेल गरेर यातायात कार्यालय सार्न लागिएको भन्दै अख्तियारमा उजुरी

बिर्तामोड झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयलाई भुमाफियाहरुको चलखेलमा परेर अपायक स्थानमा सार्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको

स्थानीय बद्री खड्काले २०६९ सालमा निशुल्क उपलब्ध गराएको कठ्ठा जग्गामा बनेको यातायात कार्यालय साँघुरो भएको साबिक भन्दा बढी जग्गा दाताले दिने भन्दै गरामनीतिर सार्न लागिएपछि त्यसको विरोध जनाउँदै अख्तियारमा उजुरी परेको हो

कोशीका तत्कालिन मुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिला मन्त्री शमशेर राई आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायतले तत्कालिन कार्यालय प्रमुख पदम कट्टेललाई कार्यालय सार्नका लागि कागजात मिलाउन दबाब दिएको सो दबाब थेग्न नसकी कट्टेलले राजीनामा दिनु परेको उजुरीमा उल्लेख

कौडीको भाउको जग्गालाई करोडौँको बनाएर नीतिगत भ्रष्टाचार गर्न खोजेको भन्दै निवेदकले तत्कालिन मुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिला मन्त्री शमशेर राई आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, यातायात व्यवस्था कार्यालय झापाका निमित्त कार्यालय प्रमुख बाबुराम शर्मा लुईटेललगायतलाई कारबाहीको माग गरेका छन्

केहि भुमाफियाहरुले बिर्तामोड मा केहि कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएर बाँकी जग्गा महंगो मुल्यमा बिक्री गर्नका लागि चलखेल गरी कार्यालय सार्न माथिसम्म लबिङ गरेर पहल गरिएको स्रोतको दाबी जग्गा प्राप्ति समितिको संयोजक बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले राम्रोसँग अध्ययन गरेर मात्र अगाडी बढ्नु पर्ने सुझाव दिएको स्रोतले बतायो

सम्बन्धित समाचार