२०८३ बैशाख २० गते , आईतबार
केपी ओलीका सुरक्षा गार्ड थापाको मृत्यु
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् ।
सूर्यविनायक नगरपालिका-९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पताल लगेका थिए । उपचारको क्रममा उनको भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।
घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ । उनको शव पोष्टमार्टम गरेर शनिबार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।