२०८३ बैशाख २० गते , आईतबार
हात्तीको आक्रमणबाट मेचीनगरकी एक महिला घाइते
बिर्तामोड । हात्तीको आक्रमणमा परि मेचीनगर नगरपालिका वडा नम्बर १२ किराँत चोक निवासी भिममाया राई घाइते भएकी छन् ।
शनिबार साँझ ९ः३० बजे पसलबाट घर आउने क्रममा कालिझोडा सामुदायिक वनबाट आएको हात्तीले राईलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट बाँया खुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको अवस्थामा राईको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने रहेको प्रहरीको भनाई छ ।