माओवादी केन्द्रद्वारा मेचीनगरका १२५ जना कृषकलाई फरुवा बितरण
मेचीनगर । राष्ट्रिय धान दिवसको अवसरमा मेचीनगरका १२५ जना कृषकलाई कृषि औजार फरुवा वितरण गरिएको छ । नेकपा माओवादी केन्द्र मेचीनगरले उनीहरुलाई फरुवा वितरण गरेको हो ।
कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले माओवादी केन्द्र मेचीनगरले फरुवा वितरण गरेको माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।
मेचीनगर १४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक १/१ थान फरुवा बितरण गरिएको थियो ।
स्थानीय सरकार वडा कार्यालय र नगरपालिकाले बजेट बिनियोजन गर्दा कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा बेवास्ता गर्दै आएको समयमा केन्द्रले उक्त कार्यक्रम गरेको बताइएको छ ।
कृषकले उब्जाएको अन्न कै भरमा गुजारा चलाउनुपर्ने समयमा अति आवश्यक औजार, मल, बीउ, बिषादिमा प्रभावकारी बजेट बिनियोजन र कार्यान्वयन नहुँदा पछिल्लो समयमा युवा कृषि पेशाबाटै पलायन हुन थालेका छन् ।
सरकारले कृषकलाई बेवस्ता गर्दा कृषक पनि पलायन हुन थालेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउन फरुवा बितरण गरेको चिमरियाले बताए ।