२०८३ बैशाख २० गते , आईतबार

आज असार १५ :  राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन

sajilo news
परिवेश मिडिया
२०८१ असार १५ गते , शनिबार
आज असार १५ :  राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन

झापा आज असार १५ राष्ट्रिय धान दिवस, विविध कार्यक्रम गरी मनाईँदैछ जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निणर्यबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो कृषिको परनिर्भरता कम गर्न किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको

आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको

धान नेपालको प्रमुख खाद्यान्न बाली हो धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत

जल, जमीन जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ

नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् सो बानीले गर्दा चामलको आयात बढेको   सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको

विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् एशियाका धेरै मानिसको आहार भात हो त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन भारत एशियामै पर्छन्

त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन्

नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ

खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन्

सम्बन्धित समाचार