२०८३ बैशाख २० गते , आईतबार
सिक्कल प्रहार गरी वृद्धाको हत्या
बिर्तामोड । झापाको भद्रपुरमा सिक्कल प्रहारबाट एक वृद्धाको मृत्यु भएको छ । भद्रपुर वडा नम्बर २ डिगाउँ निवासी ७० बर्षीया गौरीमाया तामाङको मृत्यु भएको हो ।
शुक्रबार अन्दाजी साढे तीन बजे स्थानीय राजेश तामाङले गौरीमायाको दाँया घाँटीमा सिक्कल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सिक्कल प्रहारबाट महिलाको घर नजिकै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । सिक्क्ल प्रहार गर्ने राजेशलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिप्रका झापाका डिएसपी कृष्णप्रसाद चन्दले जानकारी दिए ।