२०८३ बैशाख २० गते , आईतबार

कटुवा पेस्तोलसहित बिर्तामोडका पराजुली पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ असार १३ गते , विहीबार
कटुवा पेस्तोलसहित बिर्तामोडका पराजुली पक्राउ

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ फक्तालुङ टोल निवासी सुरेश पराजुली पक्राउ परेका छन् । प्रहरीले बुधबार साँझ ७ बजे कटुवा पेस्तोल सहित पराजुलीलाई पक्राउ गरेको हो ।
आफ्नै भाउजु गिता पराजुलीसंग ३० वर्षीय सुरेशले झै-झगडा तथा बादविवाद गरी रहेको भन्ने सुचनाका आधारमा गएको प्रहरी टोलीले पराजुलीको घर तलासी गर्दा अवैध रूपमा राखिएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लुकाई छिपाई  राखिएको अवस्थाको बिड सहितको १० इन्च लम्बाई भएको कटुवा पेस्तोल एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।  पराजुलीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार