२०८३ बैशाख २० गते , आईतबार

पत्रकार महासंघ झापाले बनायो निर्वाचन समिति

sajilo news
परिवेश मिडिया
२०८१ असार १२ गते , बुधबार
पत्रकार महासंघ झापाले बनायो निर्वाचन समिति

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ ।
झापा शाखाको आज बसेको बैठकले प्रमुख निर्वाचन अधिकृतमा शिरोमणि खतिवडा (सान्दाइ)को नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता लक्ष्मी खनाल कोइराला रहेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र जिल्लासहित तीनै तहको निर्वाचन असार २२ गते हुने गरी तालिका सार्वजनिक गरेको छ । सोही अनुरुप झापा शाखाले पनि निर्वाचन समिति गठन गरेको हो ।
निर्वाचन तालिका अनुसार २२ गते हुने निर्वाचनका लागि २० गते मनोनयन दर्ता रहेको छ । 

सम्बन्धित समाचार