२०८३ बैशाख २० गते , आईतबार

चट्याङ लागेर कमलमा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ असार ११ गते , मंगलबार
चट्याङ लागेर कमलमा एक जनाको मृत्यु

बिर्तामोड । मङ्गलबार बिहान परेको चट्याङ लागेर झापाको कमल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। कमल गाउँपालिका वडा नम्बर २ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्काको मृत्यु भएको हो।
बिहान ७ बजे खेततर्फ जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए। उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा ७:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सम्बन्धित समाचार