२०८३ बैशाख २० गते , आईतबार

अर्जुनधारा नगर प्रमुख गोम्देनसहित तीन जना सम्मानित

sajilo news
परिवेश मिडिया
२०८१ असार ७ गते , शुक्रबार
अर्जुनधारा नगर प्रमुख गोम्देनसहित तीन जना सम्मानित

बिर्तामोड अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङसहित तीन जनालाई बिर्तामोडमा सम्मान गरिएको नगर प्रमुख तामाङसहित नाट्यकर्मी तथा झापा नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित साहित्यीक श्रष्टा लवकुश गौतमलाई सम्मान गरिएको हो

विश्व संगीत दिवसको अवसरमा सप्तक संगीत विद्यालयले उनीहरुलाई सम्मान गरेको हो विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई विद्यालय अभिभावक संघका अध्यक्ष सत्यनारायण तायल, विद्यालयका अध्यक्ष सरोज वत्स संरक्षक डा. कुमार सुवेदीले सम्मान पत्र समर्पण गरेका थिए

विश्व संगीत दिवसको अवसरमा विद्यालयले विभिन्न सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए

कार्यक्रममा विर्तामोड का निवर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन, सांगीतिक तथा साहित्यिक व्यक्तित्व देविभक्त श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए

विद्यालयका अध्यक्ष वत्सले मुनाफा नबाँड्ने संस्थाको रुपमा स्थापित विद्यालयलाई भविष्यमा गुठीको रुपमा विकास गरिने बताए सप्तक संगीत विद्यालय मोफसलको पहिलो संगीत विद्यालय भएको बताउँदै भविष्यमा स्नातक तथा स्नातकोत्तर तहसम्मको पढाई गरिने लक्ष्य लिएको उनले जानकारी दिए

भारतीय विश्व विद्यालयबाट संगीतमा स्नातकोत्तर वत्स संगीतमा नै विश्व विद्यालयबाट डिग्री हासिल संजिवनी पौड्यालले सप्तक संगीत विद्यालय सञ्चालन गरिरहेका छन् प्रख्यात गायिका मेनुका पौडेल, रचना रिमाल, कृपा पौडेल, रोशा फुयाललगायत सप्तक संगीत विद्यालयका उत्पादन हुन्

कार्यक्रममा सहभागीहरुलाई विद्यालयका संरक्षक डा. सुवेदीले स्वागत गरेका थिए

सम्बन्धित समाचार