२०८३ बैशाख २० गते , आईतबार

हेलिकप्टरको सेवा त्रिभुवन विमानस्थलबाट भक्तपुरको नलिञ्चोक स्थानान्तरण

sajilo news
परिवेश मिडिया
२०८१ असार ७ गते , शुक्रबार
हेलिकप्टरको सेवा त्रिभुवन विमानस्थलबाट भक्तपुरको नलिञ्चोक स्थानान्तरण

काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर उडान सेवा पूर्णरूपमा स्थानान्तरण गर्ने उद्देश्यले भक्तपुर नलिञ्चोकमाहेलिप्याड हब सञ्चालनमा आएको

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ करोड ९० लाख रुपैयाँ लगानीमा उक्त हेलिप्याड हब साढे दुई वर्ष अवधिमा निर्माण सकेको हो हेलिप्याड हबले ३३ रोपनी क्षेत्रफल ओगटेको

उक्त जग्गा तत्कालीन हवाई विभागको नाममा थियो विभाग खारेज भएर प्राधिकरण स्थापना भएपछि त्यो जग्गा पनि प्राधिकरणकै नाममा आएको थियो

हेलिप्याड हबमा साना आकारका कुल १७ थान हेलिकप्टर पार्किङ गर्न मिल्छ जसमा चार हेलिकप्टर एकैपटक उडान अवतरण गर्न सक्ने क्षमता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि जहाजमात्र उडानअवतरण गर्ने गरी हेलिकप्टर सेवा भक्तपुर नलिञ्चोकमा स्थानान्तरण गरेका छौं,’ नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले भने, ‘हेलिकप्टर सेवा स्थानान्तरण भएपछि त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थापनमा धेरै नै सहजता आउने विश्वास

उनका अनुसार त्रिभुवन विमानस्थल धावनमार्गको पूर्वपट्टि भागमा रहेको हेलिप्याडमा हाल जहाज राख्नेह्यांगर निर्माण भइरहेका कारण हेलिकप्टर सेवा नलिञ्चोकमा स्थानान्तरण गरिएको हो

उनका अनुसार तत्कालका लागि भने हेलिकप्टर उडान नलिञ्चोकबाट मात्र गर्ने अतिआवश्यक कामका लागि मात्र त्रिभुवन विमानस्थलमा अवतरण गर्न दिइने हेलिकप्टरको जहाज जस्तो नियमित उडान नहुने भएका कारण स्थानान्तरणमा पनि खासै समस्या हुँदैन हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूसँग पनि सकारात्मक सहकार्य भइरहेको

एयर ट्राफिक कन्ट्रोल (एटीसी) को काम भने त्रिभुवन विमानस्थल टावरबाटै गर्छौं,’ पाण्डेले भने, ‘अरू सुविधाका लागि आवश्यक कर्मचारीदेखि प्रविधि उतै व्यवस्था गरिएको

हाल नेपालमा एक दर्जन हेलिकप्टर सेवा प्रदायक कम्पनीले साढे तीन दर्जभन्दा बढी हेलिकप्टर सञ्चालन गरिरहेका छन्

हाल एयर डाइनेस्टी हेली सर्भिस, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर, फिसटेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकप्टर सर्भिसेस, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुस्ताङ हेलिकप्टर, प्रभु हेलिकप्टर्स, श्री एयरलाइन्स सिम्रिक एयरले चार्टर उडान गरिरहेका छन्

सम्बन्धित समाचार