२०८३ बैशाख २० गते , आईतबार

टुङ्गियो राजदूत भागबण्डा : माओवादीले एउटामा चित्त बुझायो

sajilo news
परिवेश मिडिया
२०८१ असार ७ गते , शुक्रबार
टुङ्गियो राजदूत भागबण्डा : माओवादीले एउटामा चित्त बुझायो

बिर्तामोड सत्ताधारी प्रमुख दलहरूले राजदूत भागबन्डा टुङ्ग्याएका छन् बिहीबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबिच यस्तो सहमति जुटेको हो

छलफलमा सहभागी एक सदस्यका अनुसार एमालेले आठ, रास्वपाले दुई नेकपा माओवादी केन्द्रले एक देशको राजदूत पाउने छन् माओवादीले रास्वपाभन्दा कम संंख्यामा चित्र् बुझाएको भने सत्ताधारी दल नेकपा (एकीकृत समाजवादी) लगायतलाई भागवण्डामा सामेल गराइएको छैन

गत २४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती पद रिक्त छन्

सम्बन्धित समाचार