२०८३ बैशाख २० गते , आईतबार

छोटा हात्तीको ठक्करबाट वृद्धाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ असार ४ गते , मंगलबार
छोटा हात्तीको ठक्करबाट वृद्धाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा छोटा हात्तीको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।
आज बिहान ८:४०  बजे मुक्तिचोकमा पश्चिमबाट पूर्व आउदै गरेको मे १ च ६६१३ नम्बरको छोटा हात्तीले बाटो काट्दै गरेकी मोरङ रतुवामाइ नगरपालिका-८ बस्ने बर्ष ७० कि टंकमाया सुवेदीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएण्डसी अस्पताल लगिएकोमा ९:०० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । छोटा हात्ती र चालक झापा बिर्तामोड-१ बस्ने बर्ष ४५ को बिर्खबहादुर थेबे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार