२०८३ बैशाख २० गते , आईतबार

बस र ट्रिपर ठोक्किँदा २१ जना घाइते

sajilo news
परिवेश मिडिया
२०८१ असार ४ गते , मंगलबार
बस र ट्रिपर ठोक्किँदा २१ जना घाइते

बिर्तामोड । झापाको कमल गाउँपालिका वडा नम्बर ४ चुलाचुली मोडमा मङ्गलबार बिहान ७ १५ बजे बस र ट्रिपर ठोकिँदा २१ जना यात्रु घाइते भएका छन्।
झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा३ ख २१६६ न.को ट्रिपर र बिपरित दिशा तर्फबाट आउँदै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा परी बसमा सवार २१ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूमध्ये ११ जनालाई उपचारको लागी दमक रिसर्च सेन्टर अस्पताल दमक, ९ जनालाई लाईफलाईन अस्पताल दमक र १ जनालाई दमक अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद चन्दले जानकारी दिए।
घाईतेहरुको नामथर वतन खोल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
बस र टिपर घटनास्थलमै रहेको र बाटो अवरोध नभएको साथै बस चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा न. ३ बस्ने बर्ष ४५ को अशोक बोट र ट्रिपर चालक जिल्ला धनुषा गणेशमान नगरापालिका-५ बस्ने बर्ष ३४ को शेर बहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार