२०८३ बैशाख २० गते , आईतबार

शरिरमा तागत रित्तिएपछि ‘रित्तै हात’ घर जान बाध्य छन् लेन्थ वर्कर

sajilo news
पुष्प खड्का
२०८१ असार ३ गते , सोमबार
शरिरमा तागत रित्तिएपछि ‘रित्तै हात’ घर जान बाध्य छन् लेन्थ वर्कर

वृद्ध शरिर, मलिन अनुहार, हातमा फरुवा बेल्चा सुन्तले रंगको क्याप अस्कोट आकृतिको कपडा लगाएर सडक किनारामा हरेक दिनजसो देखिने एक वृद्ध बिर्तामोडचन्द्रगढी सडक खण्डमा विगत ३८ बर्षदेखि  दैनिक सडक सफा गरिरहेको अवस्थामा भेटिने ती व्यक्ति हुन् बिर्तामोड का दलबहादुर शेर्पा

उमेरले ७० बर्षका शेर्पा यदि हुनेखाने परिवारमा जन्मिएका भए यतिबेला घरैमा आराम गरेर बसिरहेका हुन्थे परिवार, छरछिमेक इष्टमित्रसँग गफिएर दिन कटाइरहेका हुन्थे अफसोच उनलाई त्यो अवसर छैन शनिबारबाहेक प्रत्येक दिन सडक सफा गर्नु उनको दैनिकी हो सडक सफा गर्दा सरकारले दिने दैनिक ज्यालाबाट परिवारको गुजारा चलाउनु उनको बाध्यता हो

भर्भराउँदो युवा उमेरदेखि सडक सफा गर्न थालेका शेर्पालाई बुढेसकालमा चिन्ता थपिएको हातपाउ बसेको दिन रित्तो हात घर जानुपर्ने पीडाले उनलाई आजकल निन्द्रा लाग्न छोडेको उनी काम गर्न नसकेर घर बसेको दिनदेखि उनको कमाई हुँदैन नत कुनै उपदान वा पेन्सन नै पाउँछन्

शेर्पाको जस्तै ६५ बर्षीय कृष्णप्रसाद उप्रेतीको पनि उस्तै पीडा २०३६ सालदेखि लेन्थ वर्कर (सडक सफाइ गर्ने)को काम गर्दै आएका बिर्तामोड का उप्रेती काम गर्न नसकेको दिन केले घर चलाउने भन्ने पीडामा छन् उनी जामुनखाडीदेखि काँकरभिट्टासम्मको सडक सफा गर्ने गर्छन दैनिक रुपैँयाबाट उप्रेतीले काम शुरु गरेका थिए

शेर्पा उप्रेतीको जस्तै पीडामा छन् विगत २८ बर्षदेखि लेन्थ वर्करको काम गर्दै आएका बिर्तामोड का ५४ बर्षीय शिवलाल मुसहर २७ बर्षदेखि कार्यरत बिर्तामोड १० का ५० बर्षीय लिला राजवंशी

एक जना लेन्थ वर्करले किलोमिटर सडक सफा गर्नुपर्छ झापामा ३८ देशभर करिब हजार लेन्थ वर्कर कार्यरत छन् उनीहरुको सबैको पीडा भनेको बर्षौ सरकारको काम गरेर रित्तो हात घर फर्कनु उनीहरुले दैनिक सय रुपैँया ज्याला बाहेक अरु कुनै सेवा सुविधा पाउँदैनन् विगत केहि बर्षदेखि दशैँ भत्ता पाउन थालेका छन् त्यसबाहेक उनीहरुलाई सरकारले विरामी विदा दिन्छ अन्य कुनै सुविधा नै दशकौँ काम गरेपनि उनीहरुले उपदान वा पेन्सन केहि सुविधा पाउँदैनन् हप्तामा एक दिन विदा बल्लतल्ल पाएको उनीहरु सुनाउँछन् शरिरमा तागत रित्तिएपछि हातपनि रित्तो लिएर घर फर्कनुपर्ने उनीहरुको दुर्गती

राज्यले हजारौँ लेन्थ वर्करहरुको दशकौँदेखि श्रम शोषण गरिरहेको उनीहरुको श्रमशोषणको प्रमुख माध्यम बनेको बर्षेनी गरिने करार एउटा फोटो नागरिकता लिएर डिभिजन सडक कार्यालयले उनीहरुको करार बर्षेनी नविकरण गर्ने गरेकोछ दशकौँसम्म करारमा काम लगाएर राज्य नागरिकको सामाजिक सुरक्षाको दायित्वबाट पन्छिरहेको लेन्थ वर्करहरु राज्यको लागि उपभोगको साधन बनेका छन् आवश्यकता रहुञ्जेल प्रयोग गरिनु खाली हात विदा गरिनु उनीहरुको नियती हो

आफ्नो हक अधिकारका लागि उनीहरुले बर्षौसम्म बार्षिक हजार रुपैँया स्वतन्त्र सडक मजदुर ट्रेड युनियन महासंघलाई बुझाएपनि कुनै अधिकार प्राप्त गर्न नसकेको गुनासो गर्छन् महासंघका नेताहरुले राजनीति बाहेक केहि गर्न नसकेको उनीहरुको भनाई आफ्ना अधिकार प्राप्तीमा महासंघले खास काम गर्न नसकेपछि उनीहरुले लेबीपनि बुझाउन छाडेका छन्

राज्यसँग उनीहरुको ठुलो मागपनि छैन राज्यको काम गर्ने हरेक नागरिकले कामबाट विदा लिँदा केहि केहि प्रोत्साहन रकम पाउने गरेको आफुहरुलाईपनि राज्यले रित्तो हात नफर्काए हुने उनीहरुको माग

उर्वर समय राज्यको काममा लगाएर शरिर बुढो भएपनि रित्तो हात फर्काउन नहुने बताउँछन् अर्जुनधारा नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिकुमार राना राज्यका लागि काम गरेका मानिसहरु अशक्त भएर काम गर्न नसक्ने अवस्थामा केहि केहि राहत राज्यले प्रदान गर्नुपर्ने उनको भनाई

सम्बन्धित समाचार