२०८३ बैशाख २० गते , आईतबार
चट्याङले लागेर मेचीनगरमा एक हल राँगा मरे
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ स्थित भावना टोलमा अबिरल बर्षासँगै परेको चट्याङले लागेर एक हल राँगा मरेका छन् ।
आज (सोमवार) बिहान अन्दाजी ४ बजे परेको चट्याङले भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधेको एक राँगा मरेका हुन् । चट्याङले लागेर एउटा माउ भाँैसीको देब्रे पट्टिको करङमा सामान्य चोट लागेको छ ।
चट्याङका कारण एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।