२०८३ बैशाख २० गते , आईतबार

सहकारीको दोहोरो सदस्यता नत्यागे कारबाही गर्ने विभागको चेतावनी

sajilo news
परिवेश मिडिया
२०८१ असार ३ गते , सोमबार
सहकारीको दोहोरो सदस्यता नत्यागे कारबाही गर्ने विभागको चेतावनी

बिर्तामोड एउटा पालिकामा एकै प्रकृतिका एकभन्दा बढी सहकारीको सदस्यता नलिन लिएको भए एक मात्र सहकारीको सदस्यता लिन सहकारी विभागले सुचना जारी गरेको

जेठ ३१ गते एक जरुरी सूचना जारी गर्दै विभागले सहकारी ऐन २०७४ को दफा ३२ को उपदफा (१) मा भएको व्यवस्था अनुसार एक व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्यता नलिन सूचना जारी गरेको हो यदि कुनै सहकारीले सदस्यहरुलाई ऐनमा भएको व्यवस्था जानकारी गराएर कायान्वयन नगराए कानुन बमोजिम कारबाही गरिने जनाएको

सूचनामा भनिएको , ‘सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राखुपर्ने व्यवस्था सहकारी ऐनको उक्त प्रावधान विपरित कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता लिनुभएको भए आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्नुहुन अनुरोध सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यहरूलाई अवगत गराएर तदनुसार गर्ने, गराउने व्यवस्था मिलाउनुहुन सूचित गरिन्छ अन्यथा कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ

सम्बन्धित समाचार