२०८३ बैशाख २० गते , आईतबार
कनकाई-६ का वडाध्यक्ष थापाको निधन
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएको छ। थापाको आइतबार बिहान १:२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
थापा केही समयदेखि पेटको क्यान्सरबाट थलिएका थिए । उनलाई उपचार पश्चात घरैमा राखिएको थियो । उनको निजी निवासमा निधन भएको हो।