२०८३ बैशाख २० गते , आईतबार

कनकाईमा विद्युतीय शवदाह गृह निर्माण गरिने

sajilo news
परिवेश मिडिया
२०८१ असार १ गते , शनिबार
कनकाईमा विद्युतीय शवदाह गृह निर्माण गरिने

बिर्तामोड । झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माण हुने भएको छ । आगामी आर्थिक बर्षमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो । 
कोशी प्रदेश सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा शवदाह निर्माणका लागि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड रुपैँया विनियोजन गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आवका लागि ३५ अर्ब २७ करोड ३९ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार