२०८३ बैशाख २० गते , आईतबार

पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ३२ गते , शुक्रबार
पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु

ताप्लेजुङ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको पहिरोका कारण दुईजना घाइते भएका छन्

फक्ताङलुङ गाउँपालिका का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया छोरीहरू नौ वर्षीया गङ्गा जमुनाको मृत्यु भएको हो यसैगरी ४० वर्षीया युगेन लिम्बू उहाँकी तीन वर्षीय छोरी घाइते भएका छन्

गत बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको बाढीले पुल बगाएपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

सम्बन्धित समाचार