२०८३ बैशाख २० गते , आईतबार
पत्रकार तथा पूर्व शिक्षक नेत्र पाठकको निधन
बिर्तामोड । बिर्तामोड नगरपालिका ४ मेघाबारी टोल निवासी नेत्र पाठकको निधन भएको छ । पूर्व शिक्षक तथा झापाका पुराना पत्रकार पाठकको ७२ वर्षको उमेरमा आज बिहान ९ः३० बजे निधन भएको हो ।
पाठक लामो समयदेखि अस्वस्थ्य रहेका थिए । नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेर काम गरेका पाठक झापाली पत्रकारीता इतिहासका एक धरोहर हुन् । उनी प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ झापाका सदस्य समेत हुन् ।
पछिल्लो समय प्रोस्टेट क्यान्सरबाट थलिएका उनलाई दम र ब्रेनको नशासँग सम्बन्धित समस्याको उपचार गरिँदै आएको थियो । विभिन्न रोगबाट ग्रसित पाठकको केहि समयदेखि बोलीमा समेत समस्या रहेको थियो ।
उनको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
पाठकको शुक्रबार कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।