२०८३ बैशाख २० गते , आईतबार

अटोको ठक्करबाट घाइते बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ३१ गते , विहीबार
अटोको ठक्करबाट घाइते बालकको मृत्यु

बिर्तामोड । जेठ २५ गते अटोको ठक्करबाट घाइते भएका नौ वर्षीय राजन कार्कीको मृत्यु भएको छ। धनकुटा घर भई बाह्रदशी वडा नम्बर ६ मा मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका कार्कीको विराट मेडिकल अस्पतालमा उपचारको क्रममा आज बिहान ४:५३ बजे मृत्यु भएको हो।
कार्कीलाई २५ गते बेलुका ४:४५ बजे घैलाडुब्बाबाट फूलबारीतर्फ जादै गरेको मे १ ह ६२०२ नम्बरको अटोले पाख्रिवास धमला गाँउस्थित भित्री पक्की सडक खण्डमा ठक्कर दिएको थियो । अटोको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएको र सोही साँझ ८ बजे थप उपचारका लागि विराट मेडिकल अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
अटो र अटो चालक जिल्ला झापा कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३५ को कुमार तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार