२०८३ बैशाख २० गते , आईतबार

वाल्मिकी र मनकामनामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ३० गते , बुधबार
वाल्मिकी र मनकामनामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

बिर्तामोड झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको पछिल्लो समय लागुऔषधका कारोबारी प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै जागरण ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो

झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो

कार्यक्रमको पहिलो दिन बिर्तामोड- मा रहेका वाल्मिकी एजुकेसन फाउन्डेसन मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुमाझ कार्यक्रम गरिएको थियो

कार्यक्रममा वाल्मिकीबाट १७१ जना मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्का, वाल्मीकिका शिक्षक कुलमणि चौलागाईं, मनकामनाका सहायक प्रधानाध्यापक ध्रुव गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए

झापा टुडेका अध्यक्ष तथा सम्पादक हिमाल खरेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले प्रशिक्षण दिएका थिए

कार्यक्रमपछि विद्यार्थीहरु समिप लिङदाम, संस्कृति प्रसाईं सुदन खरेलले प्रशिक्षणबाट सिकेको अनुभव सुनाएका थिए

वडा सचिव टिका अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा टुडेकी निर्देशक तथा समाचार प्रमुख विनिशा शर्माले गरेकी थिइन्

सम्बन्धित समाचार