२०८३ बैशाख २० गते , आईतबार

काँकरभिट्टा खानेपानीमा नेपाली कांग्रेसका बुढाथोकी विजयी

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २८ गते , सोमबार
काँकरभिट्टा खानेपानीमा नेपाली कांग्रेसका बुढाथोकी विजयी

बिर्तामोड काँकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्षमा रोहित बुढाथोकी विजयी भएका छन् बुढाथोकी १९९१ मतसहित विजयी बनेका हुन्

उनका निकटतम प्रतिद्वन्दी सन्तोष आचार्यले १८०८ सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका थिए

त्यस्तै उपाध्यक्षमा गोविन्द गिरी २२६६ मतसहित विजयी बन्दा अर्का उम्मेदवार राजु दाहालले १२१९ कृष्ण सुवेदीले ६३० मत प्राप्त गरेका थिए

सचिवमा विशाल तामाङ विजयी बनेका छन् उनले १७४५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी दिलिप सुब्बाले १६६३ नरेन्द्र शिवाकोटीले ५९८ मत प्राप्त गरेका थिए

कोषाध्यक्ष पदमा विमला तामाङ विजयी बनेकी छन् उनले २०६५ मत प्राप्त गरिन् भने अन्य उम्मेदवारहरु विमला देवकोटाले १४६३ सुधादेवि खड्काले ३९८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको

त्यस्तै महिला सदस्यमा इन्दिरा बुढाथोकी मीरा कार्की विजयी बनेका छन् सदस्यहरुमा इन्द्रबहादुर प्रधान, डिल्लीकुमार काफ्ले केदारजंग भट्टराई विजयी भएका छन् त्यस्तै लेखा समिति संयोजकमा सोमराज ढकाल सदस्यहरुमा बालकुमार भुजेल खवास जोश्ना राजवंशी विजयी भएका छन्

समितिको १२ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका थिए खड्काले रास्वपाको एकल प्यानलबाट, आचार्यले एमाले नेतृत्वको प्यानलबाट बुढाथोकीले कांग्रेस नेतृत्वको प्यानलबाट उम्मेद्वारी दर्ता गराएका थिए

नेकपा एमाले नेतृत्वको प्यानलमा जनता समाजवादी पार्टी नेपाली कांग्रेस नेतृत्वको प्यानलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय प्रजातन्त्र पार्टीको समिकरण रहेको थियो

कुल ४१९८ मत रहेकोमा ३१० मत बदर भएको निर्वाचन समितिले जनाएको

सम्बन्धित समाचार