२०८३ बैशाख २० गते , आईतबार
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर पाँच बस्ने विष्णुकुमार दर्जी पक्राउ परेका छन् । ४० वर्षीय दर्जीलाई प्रहरीले बैंकिङ कसुर मुद्दामा आइतबार पक्राउ गरेको हो ।
जिल्ला अदालत झापाले गत चैत्र १४ गते दर्जीलाई एक महिना कैद र १६ लाख रुपैयाँ जरिवाना तथा ६४ हजार रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने फैसला गरेको थियो।
अदालतको फैसलापछि फरार रहँदै आएका दर्जीलाई आइतबार पक्राउ गरी कैद भुक्तानका लागि चन्द्रगढी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।