नरेन्द्र मोदीको सपथका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा गएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि शपथ ग्रहण कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्ड आइतबार भारत प्रस्थान गरेका हुन् ।
आइतबार दिउँसो प्रधानमन्त्री दाहाल, कानून मन्त्री पदम गिरीसहित नेपाली टोली नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड सोमबार नेपाल फर्किने कार्यक्रम छ । उनले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटघाट गर्ने बताइएको छ ।
स्रोतका अनुसार प्रचण्ड र मोदीबिच एक्लाएक्लै भेटको समय तय भएको छ । भेटमा दुई देशको समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
आइतबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री दाहाललाई विमानस्थलमा विदेश मन्त्रालयका अधिकारी पी कुमारनले स्वागत गरेका थिए ।
मोदीको सपथ ग्रहण नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा हुनेछ ।