२०८३ बैशाख २० गते , आईतबार

कनकाई विहानी क्लबको अध्यक्षमा उप्रेती र सचिवमा बस्नेत

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २७ गते , आईतबार
कनकाई विहानी क्लबको अध्यक्षमा उप्रेती र सचिवमा बस्नेत

कनकाई । झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई विहानी क्लबको बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा लोकनाथ उप्रेती र सचिवमा निर्मला बस्नेत चयन भएका छन् ।
शनिबार क्लबको सभाहलमा आयोजित कार्यक्रमबाट अध्यक्षमा उप्रेती र सचिवमा  बस्नेत सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा रमेशकुमार बाराकोटी, सह-सचिवमा बालिका चौहान(थापा), कोषाध्यक्षमा मुना मैनाली (सिटौला ) चयन भएका छन् ।
सदस्यहरुमा देवीप्रसाद न्यौपाने, गिता कार्की (बस्नेत), दिपक कोईराला, मुना खवास, टेकेन्द्र माझी  र डिल्लु भुजेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रममा चार दर्जनभन्दा धेरै दाताहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्दिर तथा भवन निर्माणका दाता गुरुप्रसाद तिम्सिनाले नगद १२ हजार १ सय ५१ रुपैयाँबाट मन्दिर संचालनका लागि अक्षय कोषको सुरुवात गरेसंगै लोकनाथ उप्रेतीको परिवारबाट १ लाख, चुडामणि ढकाल तथा निर्मला बस्नेतको परिवारबाट २५ हजार, डिल्लीराम तथा मनोज बस्नेत बाट २५ हजार  दिने घोषणा गरेका थिए ।
सोही कार्यक्रमकैबीच  सामुदायिक भवनको समेत  उद्धघाटन गरिएको थियो ।
क्लबका अध्यक्ष मनोज बस्नेतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल रहेका थिए ।
सह-सचिव  मुना मैनाली (सिटौला) ले स्वागत गरेको कार्यक्रममा अध्यक्षले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव रमेशकुमार बाराकोटीले कार्यक्रम सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार