२०८३ बैशाख २० गते , आईतबार

पत्रकार महासङ्घको निर्वाचन अनिश्चित

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २६ गते , शनिबार
पत्रकार महासङ्घको निर्वाचन अनिश्चित

बिर्तामोड । नेपाल पत्रकार महासङ्घको निर्वाचन अनिश्चित बनेको छ । जेठ २६ गतेलाई तय भएको निर्वाचन अन्तिम समयमा आएर स्थगन भएसँगै अनिश्चित बनेको हो । 
नेपाल पत्रकार महासङ्घको महाधिवेशनबाट आजका लागि निर्वाचन मिति तय भएको थियो । तर, शुक्रबार अबेर महासङ्का अध्यक्ष विपुल पोखरेलले निर्वाचन स्थगन भएको विज्ञप्ति मार्फत जानकारी गराएका छन्।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष पोखरेलले बताएका छन् । निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले आग्रह गरेका छन् ।
मतदाता नामावलीका विषयमा विवाद भएपछि विभिन्न पत्रकारजन्य संघ संस्थाले महासंघको कार्यालयहरुमा तालाबन्दी गरेका थिए । क्रियाशील बाहेकका सदस्यहरूको नामाले हटाउने भन्दै पत्रकार महासंघले शुद्धिकरण अभियान सञ्चालन गरेको थियो । शुद्धिकरणको प्रक्रिया अगाडि बढाएसँगै पत्रकारसँग आबद्ध विभिन्न संघ संगठनहरुले त्यसको विरोध गरेका थिए । संघ संगठनको विरोधपछि महासंघले सदस्यहरूको अन्तिम नामावली प्रकाशन गर्न सकेको छैन। 

सम्बन्धित समाचार