२०८३ बैशाख २० गते , आईतबार

लागूऔषधसम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २५ गते , शुक्रबार
लागूऔषधसम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

बिर्तामोड झापाको बिर्तामोडस्थित देवि माविमा लागूऔषध  दुव्र्यसन, ओसारपसार तथा नियन्त्रण बिषयक सचेतनामूलक कार्यक्रम सम्पन्न  भएको 

नारी संचार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं को आर्थिक सहयोगमा  सम्पन्न कार्यक्रममा देवि माविका  विधार्थीहरूको सहभागी गराइएको  थियो

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी बिर्तामोड  नगरपालिका वडा नं का वडाध्यक्ष रोहित प्रसाईलेपछिल्लो समय बिर्तामोड क्षेत्रमा पनि लागू ओैषध दुव्र्यसनको असर बालबालिकाको संलग्नता बढेको  देखिएको बताउँदै चिन्ता व्यक्त गरे

भविष्यका कणर्धारका रूपमा रहेका बालबालिकालाई लागूओैषध दुव्र्यसनबाट बचाउनु सबैको दायित्व रहेको उल्लेख गर्दै बालबालिकापनि सचेत हुन जरूरी रहेको उनले बताए

कार्यक्रममा विद्यालयका शिक्षक युवराज ढकालले साथी संगतिका कारण पनि बालबालिका दुर्व्यसनको कुलतमा फस्ने गरेको बताउँदै यसबाट बच्न बेलाबेलामा गरिने चेतनामूलक कार्यक्रमले ठूलो मद्दत पुग्ने धारणा राखे

कार्यक्रमको सहजीकरण ईलाका प्रहरी बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बु   सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले गरेकी थिइन्

नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक दिपा पोखरेलले स्वागत गरेकी थिइन् कार्यक्रमको सञ्चालन सहसचिव ज्योस्ना श्रेष्ठले गरेकी थिइन्

सम्बन्धित समाचार