२०८३ बैशाख २० गते , आईतबार

बोलेरोलाई ठक्कर दिदा स्कुटरमा सवार दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २४ गते , विहीबार
बोलेरोलाई ठक्कर दिदा स्कुटरमा सवार दुई जनाको मृत्यु

बिर्तामोड । झापाको मेचीनगरमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति १०:४५ बजे समयमा जिल्ला झापा मेचीनगर नगरपालिका वडा न. १२ माथिल्लो धाईजनस्थित मेची लोकमार्गमा चारआलीबाट बुधबारेतर्फ जादै गरेको मे ७ प ७२८३ नम्वरको स्कुटरले सडकको बाँया साईडमा बिग्रिएर रोकि राखेको को १ च ७२६४ नम्वरको बोलेरो पिकअपलाई ठक्कर दिई दुर्घट्ना हुँदा स्कुटर चालक जिल्ला झापा बुद्धशान्ति गाँउपालिका वडा नम्वर-५ बस्ने वर्ष अन्दाजी २५ को लिलाप्रसाद ढुङगेल र  सोहि स्कुटरमा पछाडि सवार ईलाम रोङ गाँउपालिका वडा नम्बर-५ बहुवन बस्ने अन्दाजी बर्ष २९ को चेतन रिजाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाको जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा राति राति ११:०० बजे चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णप्रसाद चन्दले जानकारी दिए ।
स्कुटर र पिकअप  प्रहरी चौकी चारआली झापाको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक सम्पर्कमा नभएको हुँदा खोज तलास भई रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार