२०८३ बैशाख २० गते , आईतबार

हिमालयन लाइफद्वारा बाल तथा वृद्धाश्रममा सहयोग

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २२ गते , मंगलबार
हिमालयन लाइफद्वारा बाल तथा वृद्धाश्रममा सहयोग

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औँ स्थापना दिवसको अवसरमा बाल तथा वृद्धाश्रममा सहयोग गरेको छ। कम्पनीले झापाको बिर्तामोडस्थित तारा नमस्ते बालग्राम तथा गुरुप्रसाद डिकमाया फाउन्डेसनद्वारा सञ्चालित स्नेहा मायाघरलाई सहयोग गरेको कम्पनीका कोशी प्रदेश उपप्रमुख नवीन मिश्रले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बाल आश्रममा आश्रित विद्यार्थीहरूका लागि १५ वटा झोला र वृद्धाश्रममा चामल, तेल, दाल, सब्जीलगायत खाद्यान्न सहयोग गरेको बिर्तामोड शाखाका प्रमुख बद्रीप्रसाद भण्डारीले जानकारी दिए ।
एक संक्षिप्त कार्यक्रमका बीच उक्त सामाग्री कम्पनीका प्रदेश उपप्रमुख मिश्रले तारा नमस्ते बालग्रामका सञ्चालक यशोदा चापागाईंलाई हस्तान्तरण गरेका थिए । त्यस्तै सोही कार्यक्रममा खाद्यान्न वृद्धाश्रमलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा कम्पनीका दमक शाखा प्रमुख चन्द्रकला गुरागाईं, भद्रपुर शाखाका निरज निरौला, काकरभिटा शाखाका रमेश तिम्सिना, सुरुङ्गा शाखाका नारायण थापा, बुधबारे शाखाकी सीता अधिकारी, बिर्तामोड शाखाका मार्केटिङ प्रमुख भीम खनाललगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
संस्थालाई सहयोग गरेकोमा बाल आश्रमकी चापागाईंले कम्पनीलाई धन्यवाद दिएकी थिइन्।

सम्बन्धित समाचार