२०८३ बैशाख २० गते , आईतबार

रतुवा खोलाले जिप बगाउँदा माङ्सेबुङका दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २२ गते , मंगलबार
रतुवा खोलाले जिप बगाउँदा माङ्सेबुङका दुई जनाको मृत्यु

बिर्तामोड । झापा र इलामको सीमावर्ती चुलाचुली गाउँपालिका वडा नम्बर ५ मा रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार साँझ ५:५० बजे इलामको दमकबाट लारूम्बातर्फ जाँदै गरेको बोलेरो जिप रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये माङ्सेबुङ ५ बस्ने अन्दाजी वर्ष ३० की शर्मिला वानेम र माङ्सेबुङ ३ बस्ने निरु लिम्बुको छोरा अन्दाजी दुई वर्षीय निहाङ लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  प्रकाश जबेगुले जानकारी दिए ।
मृतकहरूको शव घटनास्थलबाट अन्दाजी १/२ किलोमिटर पर भेटिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकी निरु लिम्बुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ । 
जिपमा सवार अन्य तीन जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा लु १ च ९४९१ नम्बरको  डबल क्याब बोलेरो गाडी परेको सूचना प्राप्त भए पनि एकिन नभएको र चालक सकुशल रहेपनि प्रहरीको सम्पर्कमा नरहेको सूचना अधिकारी डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।

सम्बन्धित समाचार