२०८३ बैशाख २० गते , आईतबार

अनुदान कटौती गरेको भन्दै देशभरका पालिका प्रमुखहरु काठमाण्डौमा

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २० गते , आईतबार
अनुदान कटौती गरेको भन्दै देशभरका पालिका प्रमुखहरु काठमाण्डौमा

झापा सरकारले अनुदानको रकम नपठाएको नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय निकायहरू आन्दोलनमा उत्रेका छन् गाउँपालिका नगरपालिका प्रमुखहरू प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराउने भन्दै काठमाण्डौमा भेला भएका हुन्

नगरपालिका महासंघका अध्यक्ष भिमप्रसाद ढुङ्गानाले आफूहरूलाई सरकारले हेपेको महसुस भएकाले काठमाण्डौ आइएको सरकारसँग ठोस कुराकानी गरेर मात्र फर्कने बताए गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले गाउँमा पठाउनुपर्ने अनुदान नपठाइएकोले कसरी कर सङ्कलन गरेर पठाउनेदेखि जनताको विकास गर्ने कुरा सोध्न काठमाण्डौ आएको बताइन्

आजै अर्थमन्त्री वर्षमान पुनलाई भेट्न जाने अनुदानको रकम निकासीबारे कुरा गर्ने उनले बताइन् उनले देशभरका नगर गाउँपालिका प्रमुखहरू आएको अनुदानको कुरा टुङ्गाएर मात्र गाउँ फर्कने बताइन् सरकारले बजेटमार्फत २५ प्रतिशत अनुदान कटौती गरेको उक्त निर्णय फिर्ता लिनुपर्ने माग पाण्डेले गरिन्

केन्द्रले स्थानीय तहहरूलाई समानीकरण, सशर्त, विशेष समपूरक अनुदान पठाउने गरेको अधिकांश गाउँपालिकाहरू यही अनुदानकै भरमा चलेको पछिल्लो समय बजेट मार्फत नै कटौतीको प्रस्ताव ल्याएकाले आफूहरू काठमाण्डौ आएको अध्यक्ष पाण्डेले बताइन्

प्रधानमन्त्री प्रचण्डले बजेट अघि नै अघिल्लो वर्षको अनुदान रकम पठाउन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए अर्थले रकम पठाउने निर्णय पनि गरेको थियो तर सरकारी खातामा पर्याप्त रकम नहुँदा जान सकेको थिएन

केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा सबै प्रकारका अनुदानमार्फत कुल खर्ब अर्ब ८७ करोड रुपैयाँ प्रदेश स्थानीय तहमा पठाउने तयारी गरिरहेको समयमा उनीहरू आन्दोलित भएका हुन्

त्यसमध्ये प्रदेशमा ९६ अर्ब ४५ करोड लाख रुपैयाँ अनुदान जाने यो वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान समपूरक अनुदानमा जाने रकमको योग हो

सम्बन्धित समाचार