२०८३ बैशाख २० गते , आईतबार

पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा समेत बृक्षारोपणमा जोड दिइने

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २० गते , आईतबार
पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा समेत बृक्षारोपणमा जोड दिइने

दमक । कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेतीले नेकपा माओवादी केन्द्रले दमकमा थालेको १ लाख विरुवा रोप्ने अभियानलाई अझ विस्तार गर्न जोड दिएका छन् । आज दमक वडा नं. ४ को विभिन्न भागमा वृक्षारोपणमा सहभागी भएका मन्त्री उप्रेतीले महेन्द्र राजमार्गमा काटिएका रुखको स्थानमा पनि राम्रा प्रजातिको विरुवा रोप्ने सम्झौता गरेर रुख कटान भएको बताए ।
यस्तै माओवादी केन्द्र दमक नगर कमिटिको आयोजनामा थालिएको १ लाख फलफुलको विरुवा रोप्ने कामलाई समेत सवैले साथ दिनु पर्ने उनले बताएका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नती गरी ४ ल्याण्ड बनाउँदा काँकडभिट्टादेखि लौकहीसम्म पूर्वी खण्डमा मात्र ४ हजार ७ सय वटा रुख कटान भएको डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।
यस्तै दमक वडा नं. ४ मा बृक्षारोपणको औपचारिक उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य रन्जित तामाङ र हरि राना मगरले विभिन्न पार्टीका १ सय ५० जनालाई माओवादी केन्द्र पार्टीमा प्रवेश गराएको सो वडाका संयोजक डम्बर पुलामी कर्माले जानकारी दिए ।
कार्यक्रममा केन्द्रिय सदस्य तामाङले माओवादीले थालेको एक लाख विरुवा रोपण कार्यक्रमलाई सवै लागेर सफल बनाउन सकिए जनतालाई उत्पादनसँग जोड्नेदेखि पर्यावरण संरक्षणमा समेत सहयोग पुग्ने बताए ।
जिल्ला संयोजक राजु आचार्य (अग्नि), केन्द्रिय सदस्य हरि राना र पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरुले पार्टीको विकासमा श्रम दिन तयार हुनु पर्ने बताएका छन् ।

सम्बन्धित समाचार